नगरपालिका कर्मचारीहरुको क्षमता विकास कार्यक्रम

नेपाल नगरपालिका संघले  “Scaling of Citywide Inclusive Sanitation Service Systems” कार्यक्रम अन्तरगत संघबाट संचालित प्रादेशिक नगर अध्ययन केन्द्र (PMLC) का कर्मचारीहरु र सूचना प्रबिधि अधिकृत गरी देश भरबाट ३७ वटा नगपालिकाहरुका सहभागीहरुलाई नगरस्तरीय समाबेशी सरसफाई (CWIS), WASH MIS र CWIS Portals बिषयहरुमा क्षमता विकास कार्यक्रम २०८२ मंसिर १५ र १६ गते सूर्यविनायक, भक्तपूरमा सम्पन्न गरेको छ l कार्यक्रको उदेश तथा संघको भाबी योजना सहित संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले प्रकाश पार्दै सुरु भएको कार्यक्रममा संबिधान तथा प्रशासन विद काशीराज दाहाल, CWISAN को तर्फबाट सृजना कार्की, खानेपानी बिभागबाट मिलन जोशी, Media Helpline बाट गोबिन्द खड्का र Monal Tech. बाट प्रमोद न्याछ्योंले विभिन्न बिषयगत सत्रहरु सहजीकरण गर्नुभएको थियो l कार्यक्रमको सहजीकरण संघका कार्यक्रम प्रबन्धक मुस्कान श्रेष्ठले गर्नुभएको थियो l

नेपाल नगरपालिका संघले दिसाजन्य लेदो ब्यबस्थापन सम्बधी “Scaling of Citywide Inclusive Sanitation Service Systems” कार्यक्रम  खानेपानी तथा ढल ब्यबस्थापन बिभाग, UN-Habitat, Water Aid Nepal, Media Help Line र  WaSH Khabar को संयुक्त साझेदारीमा सचालन भै रहेको छ l