नगर स्वास्थ्य नीति तथा ऐनबारे समीक्षा तथा छलफल कार्यशाला

नेपाल नगरपालिका संघ (MuAN) को आयोजना तथा GIZ नेपालको आर्थिक सहयोगमा स्वास्थ्य क्षेत्र सहयोग रणनीति–२ (S2HSS II) परियोजना अन्तर्गत स्थानीय तहका स्वास्थ्य नीति, ऐन तथा रणनीतिहरूको समीक्षा तथा छलफल गर्ने उद्देश्यले २०८२ पुस २९ गते काठमाडौँमा एकदिने कार्यशाला सम्पन्न भएको छ। कार्यशालाको मुख्य उद्देश्य नगरपालिकाहरुले निर्माण गरेका विद्यमान स्वास्थ्य नीति तथा ऐनहरूको समीक्षा गर्नुका साथै देखिएका कमजोरी तथा समस्याहरूका आधारमा सबै नगरपालिकामा लागू हुन सक्ने नमुना नगर स्वास्थ्य ऐन तयार गर्नुका रहेको थियो।कार्यशालामा सरोकारवाला निकायका प्रतिनिधि, विषयविज्ञ, नीति निर्माता, अभ्यासकर्ता तथा सम्बन्धित संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले विद्यमान समस्याहरूमा छलफल गर्दै अनुभव आदान–प्रदान गर्नुका साथै नगर नमुना स्वास्थ्य ऐन को प्रस्तुतीमा व्यावहारिक सुझावहरू संकलन गरिएको थियो l यसका साथै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (MoFAGA) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MoHP) द्वारा जारी सामाजिक परीक्षण मार्गदर्शनहरूको समीक्षा प्रतिवेदन प्रस्तुत गर्दै समन्वय, कार्यान्वयन र जवाफदेहिताका विषयमा छलफल गरिएको थियो l कार्यशालाका सहभागीहरूमा नेपाल नगरपालिका संघका पदाधिकारीहरू, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालयका प्रतिनिधिहरू, काठमाडौँ उपत्यका भित्रका विभिन्न नगरपालिकाका स्वास्थ्य संयोजकहरू, GIZ परियोजना प्रबन्धक, कानुनविद् र स्वास्थ्य क्षेत्रका विज्ञ तथा MuAN का कर्मचारीहरुको सहभागीता रहेको थियो । 


नगरपालिका कर्मचारीहरुको क्षमता विकास कार्यक्रम