स्थानीय सरकार संचालन ऐन २०७४ संशोधन प्रस्ताव बिषयका अन्तरक्रिया कार्यक्रम

नेपाल नगरपालिका संघको आयोजनामा २०८३ भाद्र  ४ गते काठमाडौँमा राष्ट्रिय सभा र प्रतिनिधि, सभाका माननीय सांसद, भूमि सहकारी मन्त्रालयविषय विज्ञ तथा सरोकारवालाहरुको उपस्थितिमा स्थानीय सरकार संचालन ऐन, २०७४ संशोधन प्रस्ताव उपर अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । स्थानीय सरकार संचालन ऐन, २०७४ संसोधनको सन्दर्भमा नेपाल नगरपालिका संघलाई नगर प्रमुख /उपप्रमुखबाट  सुझाव माग भई आएको हुदाँ विभिन्न नगरपालिकाहरुबाट  प्राप्त सुझाव  संकलन गरी, संशोधन प्रस्ताव तयार गरी सो प्रस्तावमा प्रस्तुतीकरण र थप परिमार्जन गर्ने उदेश्यले कार्यक्रम सम्पन्न गरिएको थियो । नेपाल नगरपालिका संघका अध्यक्ष्य भीम प्रसाद ढुंगानाको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा, सार्बजनिक लेखा समितिका माननीय सभापति भरत खड्का प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा राष्ट्रिय सभा तथा प्रतिनिधि सभाका विभिन्न समितिका माननीय सदस्यहरु, भूमि व्यवस्था, सहकारी, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, तथा विभिन्न नगरपालिकाका प्रमुख उपप्रमुखको  उपस्थिति थियो । कार्यक्रममा नेपाल नगरपालिका संघका कर्यकारी निर्देशक कलानिधि देवकोटाले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नुभयो भने संविधान प्रशासन विद् काशीराज दाहाल ले प्रस्ताव उपर प्रस्तुति गर्नुभएको थियो । प्राप्त सुझाव समावेश गरी संशोधन प्रस्ताव नेपाल सरकारलाई बुझाउने तयारी गरिएको छ । 


अन्तरक्रिया कार्यक्रम